बागमती प्रदेशको उपनिर्वाचनमा पहिलो मत गृहमन्त्री राम बहादुर थापा बादललाई

बागमती प्रदेशको उपनिर्वाचनमा पहिलो मत गृहमन्त्री राम बहादुर थापा बादललाई

कपन अनलाइन

हेटौडा ,जेष्ठ ६।

बागमती  प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरू भएको छ ।  हेटौडा को भुटान देवी मावी  मतदानस्थलमा पुगेका एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादलले पहिलो मत पाएका छन  । बागमती प्रदेसका  मुख्मन्त्री डोरमणि पाैडेलले उनका लागि मत दिएर मतदान सुरूवात गरेका हुन् ।

दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिदै  शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन  ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

तपाइँको प्रतिक्रिया ।