आज बादलको हैन नेकपा एमालेको अग्निपरीक्षा !

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ ६।

आज जेष्ठ ६ गते  बागमती प्रदेसमा रास्ट्रिय सभाको उपनिर्वाचन रहेको छ। यस पटकको निर्वाचन नियमित भन्दा फरक दृश्य सहित हुने भएकोले यसलाई निकै चासोका साथ हेरिएको छ।

आज हुन गैरहेको  रास्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका तर्फ बाट गृहमन्त्री रमा बहादुर थापा बादल मैदानमा रहेका छन भने विपक्षी दल सहित नेकपा एमालेकै एउटा समुहको समर्थनमा खिमलाल देवकोटा उम्मेदवार रहेका छन।

बागमती प्रदेसको योजना आयोगका उपाध्यक्ष रहेका देवकोटालाई नेकपा एमालेको विवादमा मलजल गर्नका लागि साझा उम्मेदवार बनाइए संगै आजको निर्वाचन बादलको हैन नेकपा एमालेको एकतावद्ध भविष्यको समेत अग्निपरिक्षा बन्न पुगेको छ।

जसरी पनि नेकपा एमाले विभाजन गर्नुपर्छ भन्ने प्रवृतिको पृष्ठ पोषणमा सामाजिक संजालमा चलाइएका अभियान र कार्यकर्ताहरुको गैर राजनीतिक गतिविधि हेर्दा यसले नेकपा एमालेको आगामी दिनका दृश्य धेरै हद सम्म प्रस्ट पारिरहेका छन।

नेकपा एमालेमा अहिले निकै अफ्ट्यारो परिवन्दमा परेका छन बरिस्ट नेता माधव कुमार नेपाल। उनलाई अहिले नेकपा एमालेका कार्यकर्ताहरु संगै सम्पूर्ण विपक्षी दलहरुलाई समेत जवाफ दिनुपर्ने बाध्यता देखिएको छ।

उनकै प्रस्तावमा उम्मेदवार बनेका खिमलाल देवकोटालाई जिताउने कि नेकपा एमालेका उम्मेदवार राम बहादुर थापालाई ? यो प्रश्नले आज दिन काठमाण्डको वातावरण  सितल भएपनि राजनीति भने निकै तातेको छ।

अहिले उपनिर्वाचनमा मतदानका उत्साहपूर्ण रुपमा पुग्ने नेकपा एमालेका मतदाताहरु आज मलिन अनुहार लिएर हेटौडामा जम्मा भएका छन।स्वविवेकको निर्णय कि पार्टीको आधिकारिक निर्णय भन्ने प्रश्नले रन्थनिएका उनीहरुको आजको निर्णयले  नेकपा एमाले पार्टी जीवनमा निकै दुरगामी अशर पार्ने देखिन्छ।

आफ्नो चुनावी अभियानमा सुर्य चिन्ह बोकेर विजयी बनेका आजका मतदाताहरुका सामु आफ्नै पार्टीका विपक्षीहरुको साझा उम्मेदवारलाई कलममा मतदान गरेर जिताउने दवाव देखिएको छ भने पार्टी एकता बचाउने अभिभारा पनि संगै रहेको छ। उनीहरुले दवाव थाम्न सकेनन कि अभिभारा पुरा गरेनन ? त्यो भने आज साँझ सम्म प्रस्ट देखिने एक बुद्दिजीवी बताउछन।

आज हुने गृहमन्त्री बादलको विजय र पराजयले नेपालको कम्युनिस्ट आन्दोलनको आगामी दिन र दिशालाई प्रभाव पार्ने भएकोले आम मतदाताहरुले जिम्मेवारीपूर्ण निर्णय गर्नुपर्ने एक प्रदेस सभा सदस्यको धारणा रहेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।