बुढानिलकण्ठका तिन तरकारी बजारमा सुरक्षाकर्मी परिचालन हुने

बुढानिलकण्ठका तिन तरकारी बजारमा सुरक्षाकर्मी परिचालन हुने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

बुढानिलकण्ठका तिन तरकारी बजारमा सुरक्षाकर्मी परिचालन हुने भएका छन। बुढानिलकण्ठ नगरपालिकाका मिलन चोक ,बालुवाखानी र नारायण चोक क्षेत्रमा रहेका तरकारी बजारमा भिड भाड भएको गुनासो बढे पछी वडा कार्यालय ,प्रहरी र समुदाय परिचालन गर्ने निर्णय गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाको नगरपालिका कोभिड विपद व्यवस्थापन टिम (MCCMT) को बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। जेष्ठ ५ गते नगरपालिकामा बसेको सो बैठकले कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि तरकारी बजार क्षेत्रको व्यवस्थापन सहित  ८ वटा विभिन्न निर्णयहरु गरेको हो।

उक्त बैठकमा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत ,नेपाली सेना ,नेपाल प्रहरी ,स्वास्थ्यकर्मी ,राजनीतिक दलका प्रतिनिधि , नगरपालिकाका सल्लाहकार,वडा अध्यक्ष ,सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

निर्णय :

 

तपाइँको प्रतिक्रिया ।