सोलुखुम्बुमा आधार शिविरतर्फ फर्कने क्रममा चिप्लिएर लड्दा एकको मृत्यु

सोलुखुम्बुमा आधार शिविरतर्फ फर्कने क्रममा चिप्लिएर लड्दा एकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

सोलुखुम्बुमा ट्रेकिङ गएका एक जनाको हिउँमा चिप्लिएर लड्दा मृत्यु भएको छ।

पासाङल्हामु गाउँपालिका-४ को बेसक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार बिहान आधार शिविरबाट फर्कंदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव उनीहरूकै साथीहरूले उद्धार गरी आधार शिविरमा ल्याएको शवलाई हेलिकप्टरमार्फत् लुक्लातर्फ लैजाने पहल भइरहेको छ।प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

तपाइँको प्रतिक्रिया ।