भूकम्पले थलिएको चिसापानीमा कोरोनाको मार

भूकम्पले थलिएको चिसापानीमा कोरोनाको मार

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

२०७२ शालको भूकम्पमा पूर्ण रुपमा क्षेती पुगेर थालिएको चिसापानीको पर्यटन बल्ल बल्ल उठन लागेको वेलामा पुन कोरोना प्रकोपको मारमा परेको छ। अझै पनि चिसापानीमा भूकम्पले ढलेका घरहरु अलपत्र देखिन्छन।

पदयात्रा र भ्रमणका लागि धेरैको रोजाइको गन्तव बन्दै आएको काठमाण्डौ ,सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको संगम चिसापानी अहिले सुनसान रहेको छ।

कोरोनाको दोश्रो लहरमा निषेधाज्ञा घोषणा संगै मेलम्ची,शाखु  र सुन्दरीजलको सडक बन्द भएकोले चेक जांच छलेर गुर्जे भन्ज्यांग ,सुन्दरीजल लगायतका क्षेत्र बाट पैदल आउने स्थानीय बाहेक कोहि पनि नआएको एक होटल व्यवसायीले बताए।

सुर्योदय ,सुर्यास्त र हिमालहरुको दृश्य संगै दुई निकुन्ज विचमा रहेको चिसापानीमा निर्माण गरेका अधिकांश संरचना भूकम्पले क्षेती पुर्याएको बताउदै उनले पछिल्लो समय कोरोनाले मारमा पारेको भन्दै दुख व्यक्त गरेका छन।

शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज र लांगटांग रास्ट्रिय निकुन्जको विचमा रहेको चिसापानी सम्म सडक निर्माण भए संगै निकै व्यस्त बनेका चिसापानीका होटल व्यवसायीहरु अहिले निकै पिडामा परेका छन।

 

तपाइँको प्रतिक्रिया ।