गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ११ सय १५ पुग्यो

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ११ सय १५ पुग्यो

कपन अनलाइन

काठमाडौं जेठ ४। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ३  गते सम्ममा ६३२  जना पुरुष र ४८३   जना महिला गरि कुल १११५  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २० जना पुरुष र ९ जना महिला गरि कुल २९  जना

वडा नं २ मा ३२ जना पुरुष र १७ जना महिला गरि कुल ४९जना

वडा नं३ मा २९   जना पुरुष र १३   जना महिला गरि कुल ४२  जना

वडा नं ४ मा १००  जना पुरुष र ७७  जना महिला गरि कुल १७७  जना

वडा  नं ५ मा  १२३ जना पुरुष र  ९२   जना महिला गरि २१५ जना

वडा नं ६ मा १२३  जना पुरुष र १०४   जना महिला गरि २२७ जना

वडा नं ७ मा ५२ जना पुरुष र ४७ जना महिला गरि कुल ९९  जना

वडा नं  ८ मा ११८ जना पुरुष र ९९ जना महिला गरि कुल २१७ जना

वडा नं ९ मा ३५  जना पुरुष र २५जना महिला गरि कुल ६०  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २२७ जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।