Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/183886342_1441302559564707_7766004159504399469_n-723x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलव्ध गराउन नेपाल वितरक संघको जोडदार माग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ४।

कोरोना विरुद्धको खोप उपलव्ध गराउन नेपाल वितरक संघको जोडदार माग गरेको छ। नेपाल वितरक संघले बिज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य सामाग्री ,सरसफाई र घरायसी उपभोगका बस्तुहरु नियमित रुपमा आपूर्ति गर्नुपर्ने वितरकहरु नै संक्रमणको खतरामा परेको भन्दै खोपको व्यवस्था गर्नका लागि अपिल गरेको छ।

नेपाल सरकारले कोरोना प्रकोप विरुद्ध अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,जनप्रतिनिधि ,सरसफाईकर्मी  लगायतका ब्यक्तिहरुलाई खोप लगाइसकिएको अवस्थामा विभिन्न अत्यावस्यक सामाग्री दुवानी र वितरणमा सक्रिय रहेका वितरक र ब्यापारीहरुलाई कुनै पनि खोप  सुविधा  नपाउनु खेद जनक रहेको भन्दै संघले अबिलम्ब खोपको व्यवस्था गर्नका लागि माग गरेको छ ।

कोरोना विरुद्धको  खोपका  लागि सम्बन्धित निकायहरू संग पहल भैरहेको जानकारी दिदै संघका अध्यक्ष राजेन्द्र सिंखडाले हाललाई कार्यालय स्थलबाटै सप्लाई गर्नु उपयुक्त हुने व्यवसायीहरुलाई सुझाव दिएका छन।

नेपाल वितरक संघको बिज्ञप्ति :

 

 

तपाइँको प्रतिक्रिया ।