तारकेश्वरका ३ बालगृह र आश्रममा तारकेश्वर पत्रकार मञ्चद्वारा राहत वितरण

तारकेश्वरका ३ बालगृह र आश्रममा तारकेश्वर पत्रकार मञ्चद्वारा राहत वितरण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ४।

तारकेश्वर पत्रकार मञ्चको विशेष पहलमा हिजो तारकेश्वरका ३ बालगृह र आश्रममा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चका अध्यक्ष पुकार तिमिल्सिनाको पहलकदमीमा आएको राहतलाई मञ्चका महासचिव रामशरण न्यौपाने, सहसचिव हरिराम भेटुवाल र कोषाध्यक्ष सबु बस्नेतको टिमले राहत वितरण गरेका थिए ।

तारकेश्वर नगरपालिका वडा नं  १० को शुभकामना चोकमा रहेको एकीकृत सिर्जनशिल समाजमा रहेका ४८ जना बालबालिकाहरु जो १० वर्षे जनयुद्धका क्रममा सहिद र बेपत्ता भएका नागरिकहरुका छोराछोरीहरुका लागि १० बोरा चामल, १ बोरा दाल, १ बक्स तेल र केही सेनिटाइजर र मास्क वितरण गरिएको छ । त्यस्तै तारकेश्वर ६ को सनफ्लावर स्कुल छेउमा रहेको अपाङ्ग सेवा केन्द्रमा २२ जना अपाङ्ग भएको ठाउँमा खानाको अभाव भयो भन्ने समाचार आउने वित्तिकै १० बोरा चामल १ बोरा दाल, आधा बोरा चिनी र केही माक्स, सेनिटाइजर वितरण गरिएको छ । त्यस्तै फुटुङको एक बालगृहमा पनि  ५ बोरा चामल लगायतका खाद्य सामाग्री वितरण गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।