बुढानिलकण्ठ-११ का विभिन्न स्थानमा नेकपा एमाले वडा कमिटीको हेल्प डेस्क

बुढानिलकण्ठ-११ का विभिन्न स्थानमा नेकपा एमाले वडा कमिटीको हेल्प डेस्क

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ११ का विभिन्न स्थानमा नेकपा एमाले वडा कमिटीले  हेल्प डेस्क संचालन गरेको छ। कोरोना प्रकोपको दोश्रो लहरमा वडा वासिहरुलाई सहयोग र सचेतनाका लागि वडा कमिटीले विभिन्न स्थानमा हेल्प डेस्क संचालन गरेको हो।

वडा कमिटीले वडा वासीहरुको आवतजावत हुने मुख्य चोक तथा एन्टीजेन परिक्षण हुने केन्द्रहरुमा नेकपा एमाले वडा नं ११ का स्वयंसेवकहरुले मास्क लगायतका विभिन्न सामाग्री वितरण गर्नुका साथै सचेतना मुलक कार्यक्रम पनि संचालन गरेको वडा कमिटीका अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।