दुई दिनमा बुढानिलकण्ठका १४२५ जनाले दोश्रो डोज चिनिया खोप लगाए

दुई दिनमा बुढानिलकण्ठका १४२५ जनाले दोश्रो डोज चिनिया खोप लगाए

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ४।

बुढानिलकण्ठ  नगरपालिकामा जेष्ठ २ गते देखी काेभिड १९ बिरूद्धकाे विरुद्धको चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप अभियान सञ्चालन भएको छ । खोप अभियान शुरू भएको पहिलो दुई दिनमा  १४२५ जनाले साे खोप लगाएका छन् ।

नगरपालिकाको  जनस्वास्थ्य महाशाखाका अनुसार हाल  सम्म नगरपालिका भित्र ५६१ जना महिला र ६४९जना पुरष गरी कुल १२१० जनामा संक्रमण देखिएको  छ ।

त्यस्तै  नगरपालिकामा सक्रिय संक्रमित ५०९ छन् । सक्रिय संक्रमित मध्य ४५९ जना होम आईसोलेसनमा छन् भने  ५० जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्म कोरोनाबाट ६९५ जना (३३९ महिला र ३५६ जना पुरुष) संक्रमणबाट मुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया ।