चन्द्रागिरि नगरस्तरीय आइसोलेशन सेन्टरहरु संचालनमा आए
कपन अनलाइन
काठमाडौं, जेठ ३ ।चन्द्रागिरि नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा अक्सिजन सहितका आइसोलेशन सेन्टरहरू सञ्चालन आएका छन् । मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मीको टिम राखेर नगरस्तरिय आइसोलेशन सेन्टरहरू सञचालनमा ल्याइएको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताए ।नगरप्रमुख गिरीले विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगायत उपत्यकाको अन्य अस्पतालहशरमा थप उपचारका लागि समन्वय गरिने उनको भनाई छ ।
नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गरेका हो । नगरपालिकाले नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको र आवश्यकता अनुसार थप गरि १०० वेड क्षमता सहित सञ्चालन गरिने व्यवस्था मिलाईएको मेयर गिरीले बताए । यस नगर स्तरिय आइसोलेसनमा वडा अध्यक्ष सन्तोष खड्काको मुख्य सक्रियता रहेको छ । त्यसैगरि चन्द्रागिरि वडा नम्बर ४ थानकोट प्राथमिक अस्पतालमा रहेको साविक कोभिड व्यवस्थापन चन्द्रागिरि वडा नम्बर ३ को नवनिर्मित भवनमा ३० वेडको समुदायमा आधारित आइसोलेसन सन्देश स्थानान्तरण गरि आईतवार देखि सञ्चालनमा आएको हो ।
उक्त आईसोलेसन सेन्टरको सञ्चालनका लागि विभिन्न संघ संस्था तथा व्यक्तिगत साथ सहयोगमा सञ्चालन गरिएको छ ।चन्द्रागिरि १२ मा समुदायमा आधारित नहुदा अस्पतालमा १५ बेडको आइसोलेसन सेन्टरको व्यवस्थापनको अन्तिम चरणमा रहेको चन्द्रागिरि १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठले बताए ।मातातिर्थमा अस्पतालमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको छ ।कोरोना संक्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले जेठ १ गतेबाट उपचार पनि थालेको छ ।