ओखलढुंगा जिल्लामै पिसिआर ल्याव स्थापना गर्न कांग्रेस नेता रामहरी खतिवडाको माग

ओखलढुंगा जिल्लामै पिसिआर ल्याव स्थापना गर्न कांग्रेस नेता रामहरी खतिवडाको माग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ओखलढुंगा  जिल्लामै पिसिआर ल्याव राख्न माग गरेका छन । जेष्ठ २ गते  स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई भेटेर दोस्रो चरणको खोप उपलब्ध गराउन, ओखलढुंगा, सोलु र खोटाङका लागि समेत हुनेगरी पि सिआर ल्याव ओखलढुंगामा राख्न माग गरेका हुन् ।

खतिवडाले सचिव अर्याललाई जिल्लामा सुविधासम्पन्न कोभिड अस्पताल स्थापना गर्न समेत ध्यानाकर्षण गराएको  बताउदै  स्वास्थ्य कार्यालयलाई आवश्यक मास्क तथा सेनिटाइजर पठाउन पनि आग्रह गरेका थिए  ।

संकटको बेला सबैलाई सुरिक्षत रहन आग्रह गर्दै जिल्लाबासी नागरिकको स्वास्थ्यसुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापन संघिय सांसद र प्रदेश मन्त्रीले गर्नुपर्ने भएपनि उनिहरुले त्यस विषयमा ध्यान नदिएको बताउदै उनले अहिले ओखलढुंगामा संकलन गरेको स्वाब जाँच गर्न टेकु पठाउनुपर्ने बाध्यता रहेको भन्दै दुख व्यक्त गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयमा सवारी साधनको अभाव भएको विषयमा समेत मन्त्रालयको ध्यानाकर्षण गराउदै उनले  पिसिआर गर्न स्वाब लिएर काठमाडौं, विराटनगर, धरान पठाउनुपर्दा खर्चिलो र झञ्जटिलो हुने भएकाले जिल्लामै पिसिआर ल्याव राख्नका लागि जोडदार माग गरेका थिए।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपनि जिल्लामा पर्याप्त पूर्वतयारी नहुँदा समस्या उत्पन्न भएको भन्दै खतिवडाले  कोरोनाको लक्षण देखिएका बिरामी गाउँ-गाउँमा बढेपनि एन्टिजेन र पिसिआर परीक्षण गर्ने किट अभावका कारण कोरोना परीक्षण हुन नसकेको भन्दै स्वास्थ्य सचिव अर्याललाई नेता खतिवडाले ओखलढुंगाका लागि ५-५ सय थान एन्टिजेन र पिसिआर किट पठाउन आग्रह गरेका थिए  थिए  ।

तपाइँको प्रतिक्रिया ।