ट्राफिक महाशाखा रामशाहपथलाई नेपाल खेलकुद महासंघको स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौँ, जेठ २।
नेपाल खेलकुद महासंघले ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष रमेश पौडेलको नेतृत्वमा भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो।
नेपाल खेलकुद महासंघको कोभिड -नो भिड अभियानका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, प्रथम उपाध्यक्ष गोविन्द भट्टराई, महासचिव मेघराज पौडेल र उपमहासचिव शान्तामाया परियार तथा रामकृष्ण खड्काको समेत उपस्थितिमा मास्क, सेनिटाईजर, ग्लोभस, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो।
कोभिड -नो भिड अभियान संचालन गरिरहेको महासंघले देशका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण तथा सचेतना मुलक कार्यक्रमहरु गरिरहेको छ।
तपाइँको प्रतिक्रिया ।