शंखरापुर नगरपालिकाले प्रत्येक दिन नि:शुल्क कोरोनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गर्ने

शंखरापुर नगरपालिकाले प्रत्येक दिन नि:शुल्क कोरोनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गर्ने

कपन अनलाइन

काठमाडौँ, जेठ २ ।शंखरापुर नगरपालिकाको इन्द्रायणीमा रहेको प्रस्तावित नगर अस्पतालमा प्रत्येक दिन कोरोनाको एन्टीजेन परिक्षण हुने भएकोछ ।शंखरापुर नगरपालिकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गए पछि नगरपालिकाले लक्षण देखिएका नगरबासीलाई प्रत्येक दिन नि:शुल्क  एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख सुवर्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए। एस अघि हरेक मंगलबार र शुक्रबार एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिदै आएको थियो ।

नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि बिभिन्न कार्यक्रमसमेत गर्दै आएको छ। नगरमा दिन प्रतिदिन संक्रमितको संख्या बढे संगै नगर प्रमुख श्रेष्ठले आम नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  र बारम्बार साबुन पानीले हात धुन समेत  अनुरोध गरेका   छन ।

तपाइँको प्रतिक्रिया ।