नागार्जुन नगरपालिका वडा नं ४ को अपिल

नागार्जुन नगरपालिका वडा नं ४ को अपिल

कपन अनलाइन

काठमाडौं, बैशाख ३० ।नागार्जुन नगरपालिका वडा नं ४ ले वडा बासीलाइ अपिल गरेको छ ।वडा अध्यक्ष करुण कुमार बलामीले जारी गरेको उक्त अपिलमा विश्वभर फैलिदै गएको नयाँ भेरियन्टको कोभिड-१९ महामारी नेपालमा समेत फैलिरहेको र पछिल्लो दिनहरुमा नागार्जुन नगरपालिकामा समेत संक्रमण तिब्ररुपमा बढी नागार्जुन नगरपालिका वडा नं ४ पनि जोखिम अवस्थामा गइरहेको र केहि सक्रमितहरुको दुखद निधन समेत भएकोले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन र अत्यावश्यककामले घर बाहिर निस्कन परेमा अनिवार्य रुपमा मास्कको पर्योग गरि अनावश्यक भिडभाड नगर्न, भौतिक दुरी कायम गर्न ,जिल्ला प्रशासन कार्यलय काठमाडौंको आदेश अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । साथै ब्यापार व्यवसाय गर्ने व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाट जारी भएको सुचना अनुसारको मापदण्ड, समय सिमा भित्र रहेर ब्यापार व्यवसाय गरि हालको महामारी बाट आफु पनि बाच्न र अरुलाई पनि बचाउन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।