सहकारीलाई विभागको अन्यन्त जरुरी सुचना !

सहकारीलाई विभागको अन्यन्त जरुरी सुचना !

कपन अनलाइन

पोखरा,  वैशाख २९ ।

संघीय सहकारी विभागले मुलुकभरिका सहकारीलाई अत्यावश्यक बाहेकको सेवा स्थगन गर्न अनुरोध गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।

विभागले आज एक सूचना प्रकाशित गरेर मुलुकभरिका सहकारी संघ संस्थालाई ‘अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसंगको पूर्ण समन्वयमा संचालन गर्न’ आग्रह गरेको हो ।

तपाइँको प्रतिक्रिया ।