तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जना पक्राउ

तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जना पक्राउ

कपन अनलाइन

पोखरा,  वैशाख २९ ।

यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाको टोलीले उनीहरुलाई कलंकी र बसपार्कबाट पक्राउ गरको हो ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका हृदय नारायण साह र बसपार्कबाट बर्दियाका कृष्ण चौधरी रहेका छन् । साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका थिए ।

यस्तै चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तिन हजारसम्म लिने गरेको पाइएको छ  । उनले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।