भोली काठमाडौं उपत्यका र आसपासका जिल्ला बन्दको आव्हान

काठमाडौं/पौष २८ । सहमतिमा संविधान जारी गर्न माग गर्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोली पौष २९ गते मंगलबार काठमाडौं उपत्यका र आसपासका जिल्लाहरू बन्दको आव्हान गरेको छ ।

काँग्रेस एमालेलगायतका दलहरुले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्न खोजेको भन्दै एमाओवादी नेतृत्वको मोर्चाले विभिन्न क्षेत्र बन्द गर्दै आएको छ ।

सोही क्रममा मोर्चाले मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लासहित रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्ला बन्द आव्हान गरेको छ ।
बैद्य नेतृत्वको नेकपा-माओवादीको पनि बन्द आव्हान यसैगरि माेहन बैद्य नेतृत्वको नेकपा-माओवादीले पनि भोली मध्यमाञ्चल क्षेत्र बन्दको आव्हान गरेको छ ।
संविधान सभाबाट जनताको संविधान नबन्ने भन्दै सर्वपक्षीय राजनीतिक सभाको गठन र संविधान सभा खारेजीको माघ गर्दै देशको बििभन्न क्षेत्र बन्द गर्दै आएको बैद्य माओवादीले भोली मध्यमाञ्चल बन्द आव्हान गरेको हो ।

 

तपाइँको प्रतिक्रिया ।