यदु स्मृति पत्रकारिता पुरस्कार कपनअनलाइनका सल्लाहकार बालकुमार नेपाललाई

यदु स्मृति पत्रकारिता पुरस्कार कपनअनलाइनका सल्लाहकार बालकुमार नेपाललाई

२८ पुस, काठमाडौं । यदु स्मृति पत्रकारिता पुरस्कार-२०७१ बाट कपन निवासी कपनअनलाइनका सल्लाहकार बरिष्ठ पत्रकार बालकुमार नेपाल पुरस्कृत हुने भएका छन् ।


हत्या, हिंसा र दण्डहीनताको अन्त्यका लागि कलम चलाएर योगदान दिए बापत पुरस्कार सिफारिस समिति समितिका संयोजक सूर्य थापाको अध्यक्षता र सदस्य सचिव रामेश्वर बोहरा र सदस्य तीर्था गौतमको बैठकले ४९ वर्षीय पत्रकार नेपाललाई उक्त पुरस्कार प्रदान गर्न गर्न सिफारिस गरेको हो ।

1011021_675602032489304_698010532_n
कपनअनलाइनका सल्लाहकार तथा बरिष्ठ पत्रकार बालकुमार नेपाल



विगत २० वर्षदेखि पत्रकारितामा क्षेत्रमा अनवरत कृयाशिल रहेका नेपाललाई फागुन २१ गते नगद रू. १५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय भएको हो ।

कामना, नेपाल समाचारपत्र, समकालिन र श्री सूर्योदय साप्ताहिकको सम्पादकको जिम्मेवारी समेत बहन गरिसकेका नेपाल हाल अन्नपूर्ण पोष्टका बरिष्ठ पत्रकार हुन् । उनले प्रेस चौतारी नेपालकाे कोषाध्यक्ष समेतको जिम्मेवारी बहन गरिसकेका छन् ।

यो पुरस्कारका लागि कपनअनलाइनको तर्फबाट हार्दिक बधाई एंव शुभकामना ।

तपाइँको प्रतिक्रिया ।