तीव्रतासाथ विकासको काममा लाग्न महतको निर्देशन

कपन अनलाइन\२०७१ पुस २७

अर्थमन्त्री डा. रामशरण महतले नुवाकोटको चौघडामा आयोजित कार्यक्रममा विकास निर्माणको काममा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन गरेका छन् । स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी लगायत विकास निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुखहरू उपस्थित कार्यक्रममा अर्थमन्त्री महतले विकासका कामहरूमा आफैैँले विशेष सक्रियता राख्न पनि सुझाव दिएका थिए ।

Ram-saran-Mahat

कार्यक्रममा महतले विकास निर्माणका कार्यहरूमा विगतमा भन्दा अझ तीव्रता दिइनुपर्ने भन्दै विकासका कार्यहरूको राम्रोसँग अनुगमन गरेमा रकमको अभाव नहुने प्रष्ट्याएका थिए । विकासका लागि बजेट विनियोजित भएपनि समयमा काम नहुँदा विकास बजेटहरूको प्रभावकारी प्रयोग नभएको सन्दर्भलाई जोड्दै मन्त्री महतले कृषि, पर्यटन, जलस्रोत जस्ता क्षेत्रमा विकासको बजेट राम्रोसँग अनुगमन गरी निर्माण थालनी गर्न समेत सुझाव दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।