ओखलढुंगा जिल्ला कमिटीको विशेष प्राथमिकतामा युवाहरु: अध्यक्ष केदारबाबु बस्नेत
कपन अनलाइन
ओखलढुंगा ,बैशाख २४।
नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष केदार बाबु बस्नेतले युवाहरुको सहभागितालाई प्राथमिकतामा राखेर जिल्लाको संगठन र पार्टी काम अगाडी बढाउने बताएका छन।
जिल्लाको पार्टी गतिविधि र अन्य क्षेत्रमा युवाहरुको भूमिकाका विषयमा आयोजना गरिएको जुम बैठकलाई संबोधन गर्दै अध्यक्ष बस्नेतले युवाहरुको राय सल्लाह र सुझाव सहित प्रतिनिधि मुलक ढंग बाट संगठन विस्तार र परिचालन गरिने प्रतिवदत्ता व्यक्त गरेका थिए ।
नेपालका हरेक राजनीतिक परिवर्तनमा युवाहरुको अग्रगामी र महत्वपूर्ण भूमिका रहेको भन्दै उनले जिल्लाका हरेक कमिटी र अभियानमा युवाहरुको उचित भूमिका र सहभागिता रहने विचार व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।