नेशनल लाईफ इन्स्योरेन्सको तीनदिने “चेयरपर्सन कार्यक्रम” सम्पन्न
कपन अनलाइन
काठमाडौं, पुस ६।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।
आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जनाअभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदानगर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्नुहुँदै छनौट हुनु भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्नविधाहरुमा सर्वोत्कृष्ट घोषित हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमावहाँले आ.व. २०८०।८१ मा समग्र जीवनबीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमाकम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफलहुनुमा अभिकर्ताहरुको अतुलनिय योगदान रहेको बताइन । साथै उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथाकम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलितबीमा योजनाहरु, बीमितहरुलाई प्रदानगर्दै आएको प्रतिफलबोनसदर, पुँजीबजारमा कम्पनीको उपस्थिती, व्यापकअभिकर्ता संजालआदि सबैले आउने दिनहरुमाकम्पनीले थपप्रगतीगर्नेमाविश्वस्त रहेको बताएकी छन ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले स्वागत भाषणका क्रममाकम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसंग सम्वन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरु शुरु गरेको र
सो समारोहमा, आ.व. २०८०।८१ मा १०० वा सो भन्दा बढि बीमालेख बिक्रीगर्न सफलअभिकर्ताहरु, नेशनल स्टार र नेशनलसुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आ.व. २०८०÷८१ मा संजालव्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसायगर्ने ७जना र आफ्नो कोडबाट उत्कृट व्यवसायगर्ने ७ जना अभिकर्ताहरुलाई पनिविशेष सम्मान गरिएको थियो ।
यसैगरी, नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तियहुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथमहुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।