पुष २८ गते प्रथम नगर परिषद्को सार्वजनिकरण, कपन अनलाइनले प्रत्यक्ष प्रशारण गर्ने

 

Untitled-1

कपन अनलाइन\पुस २६, २०७१
पुष २६  गते शनिवार  नवगठित बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर परिषद्ले निर्णय गरेका नगरका नयाँ योजना र नीतिलाई पुस २८ गते एक विशेष कार्यक्रम आयोजना गरेर  सार्वजनिक गरिने भएको छ ।   साविक ६ वटा गाविस मिलाएर बनाइएको यो नगरपालिकको देशकै सबैभन्दा ठूलो नगरपालिका हो । जनसंख्याको आधारमा बुढानीलकण्ठ नगरपालिका देशको सबैभन्दा ठूलो नगरपालिका हुन पुगेको हो । प्रशिद्ध बुढानीलकण्ठ मन्दिरको नामबाट नामकरण गरिएको यस नगरले शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको प्रमुख हिस्सा ओगटेको छ । शिवपुरी क्षेत्रमा रहेको खानेपानीको मुहान पनि यसै नगरमा पर्दछ । प्राकृतिक, भौगोलिक एवम् सामाजिक हिसाबले पनि अत्यन्त सम्भावना रहेको सहरको रुपमा यस नगरपालिकालाई लिइने गरिएको छ ।

10801991_785938318127259_3446813704971258967_n

१७ वटा वडामा बिभाजन गरिएको नगरको प्रथम नगरपरिषद्सँगै दुईवटासम्म नयाँ वडा थपिने सम्भावना पनि रहेको बताइन्छ । अन्य कतिपय नवगठित नगरपालिकामा नागरीक वडा मञ्च गठनमा बिबिध ढिलाई भैरहेको अवस्थामा देशकै धेरै जनसंख्या भएको यस नगरले सबै वडामा सहजप्रकारले नागरीक वडा मञ्च गठन गरिसकेको छ । पुस २८ गते सोमबार बिहान ८ बजे गोल्फुटारमा हुने बुढानीलकण्ठ नगरपालिकाको ऐतिहासक प्रथम नगर परिषद्को कपन अनलाइनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।