गोकर्णेश्वर नगरपालिकाका २८८ जनामा कोरोना संक्रमण पुष्टि (वडागत बिवरण सहित )

गोकर्णेश्वर नगरपालिकाका २८८ जनामा कोरोना संक्रमण  पुष्टि  (वडागत बिवरण सहित )

कपन  अनलाइन 

काठमाडौँ, बैशाख २० ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख १९ गते सम्ममा १७० जना पुरुष र११ ८ जना महिला गरि कुल २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित :

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १०  जना पुरुष र ४ जना महिला गरि कुल १४ जना संक्रमित रहेका छन

वडा नं २ मा १४ जना पुरुष र ४  जना महिला गरि कुल १८ जना संक्रमित

वडा नं३ मा ५ जना पुरुष र २  जना महिला गरि कुल ७ जना संक्रमित

वडा नं ४ मा १५  जना पुरुष र १० जना महिला गरि कुल २५  जना संक्रमित

वडा  नं ५ मा ४३   जना पुरुष र २४  जना महिला गरि ६७ जना संक्रमित

वडा नं ६ मा  ३३  जना पुरुष र३४   जना महिला गरि६७   जना संक्रमित

वडा नं ७ मा १८  जना पुरुष र २०  जना महिला गरि कुल ३८  जना संक्रमित

वडा नं   ८ मा २४ जना पुरुष र  १४  जना महिला गरि कुल ३८  जना संक्रमित

वडा नं९ मा ८ जना पुरुष र ६  जना महिला गरि कुल १४   जना संक्रमित  रहेको जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन्  ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।