बाल विकास समाज द्धारा गोकर्णेश्वरका श्रमिक बालबालिकालाई खाद्यान्न लगायतका सामग्री वितरण

बाल विकास समाज द्धारा गोकर्णेश्वरका श्रमिक बालबालिकालाई खाद्यान्न लगायतका सामग्री वितरण
कपन अनलाइन 
काठमाडौं बैशाख २० ।बाल विकास समाज द्धारा गोकर्णेश्वरका श्रमिक बालबालिकालाई खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ ।समाजले गोकर्णेश्वर नगरपालिकाका बिभिन्न  उद्योगमा काम गर्ने श्रमिक बालबालिकाहरुलाई  खाद्यान्न,सिरक डस्ना लत्ता कपडा लगायत शैक्षिक सामग्री  वितरण गरेको हो    । संस्थाले नगरपालिका क्षेत्रमा रहेका गँलैचा उद्योगमा काम गर्ने बालबालिकाहरु पहिचान गरी उक्त  सामग्री  वितरण गरेको संस्थाले जानकारी गराएको छ  ।  उक्त  कार्यक्रममा  नगर प्रमुख सन्तोष चालिसे , प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य , सामाजिक शाखा प्रमुख तथा अन्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै  नगर प्रमुख सन्तोष चालिसेले बालबालिकाहरुलाई काममा हैन विद्यालय पठाउन अभिभावकहरुलाई अनुरोध गरेका थिए ।  गोकर्णेश्वर नगरपालिकालाई   बालश्रम मुक्त नगर बनाउने मार्गमा अगाडी बढिरहेको हुनाले नगरभित्र रहेका कुनै पनि उद्योग कलकारखाना क्षेत्रमा बालबालिकाहरुलाई काम नलगाउन र कसैले लगाएको पाइएमा कानुन बमोजिम अगाडी बढ्ने  जानकारी गराएका थिए।
नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका बनाउने अभियानमा सबैले साथ दिनुपर्नेमा नगर प्रमुखको जोड रहेको  थियो । यस किसिमका सहयोगहरु आगामी दिनमा पनि विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर ल्याइने बताउदै  बालबालिकाहरुलाई विद्यालय पठाउनु पर्नेउनको भनाइ रहेको थियो।  आवश्यक सहयोग उपलब्ध गराएकोमा बाल विकास समाजलाई  धन्यबाद दिएका थिए  ।
संस्थाले विश्व शिक्षाको साझेदारीमा गँलैचा उद्योगमा काम गर्ने बालबालिकाहरुको संरक्षणका लागि गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी नगरमा  बालश्रम अन्त्यका लागि बिभिन्न  कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ  । विशेषगरी परियोजना अन्तर्गत  इट्टाभट्टा, जरी र गँलैचा उद्योगमा काम गर्ने बालबालिकाहरुको संरक्षणमा काम  गर्ने संस्थाले   जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।