सुमन बम्जन स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि सुदिप तामांगलाई

सुमन बम्जन स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि सुदिप तामांगलाई

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २०।

खेलकुद पत्रकार सुमन बम्जनको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लबको आयोजना गरेको सुमन बम्जन स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौका  युवा खेलडी सुदिप तामाङले हात  हात पारेका छन्। स्वीस लिय प्रणालीमा नवौं चरणसम्म भएको खेलमा नवौं चरणको खेलमा काभ्रेका अर्जुन घिमिरेलाई पराजित गरि साढे ७ अंक सहित सो उपाधि जितेका हुन।

त्यसैगरी पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठले पनि साढे ७ अंक जोडेका थिए तर उनी प्रोग्रेसिभ अंकको आधारमा सुदिपसंग पछि पर्दै दोस्रो भए। उनले पुरुषोत्तम सिलवाललाई हराएका थिए भने बद्रीलाल नेपालीले तेस्रो स्थानमा रहन सफल भए। ७ अंक जोडेका बद्रीले  अन्तिम चरणको खेलमा विवेक श्रेष्ठलाई पराजित गरे।पुरुषोत्तम सिलवाल चौथो , पुण्यमान कर्माचार्य  पाँचौ र अर्जुन घिमिरे सातौ स्थानमा रहे।

२०७२ सालको महाभ भुकंम्पमा दुखद निधन भएका सुमनको स्मृतिमा भएको प्रतियोगितामा देशभरिबाट ७७ जना खेलाडीहरुको सहभागिता रहेको थियो।

यसअघि २०७३ सालमा उहाँको स्मृतिमा हेटौंडामा नेपाल बुद्धिचाल संघले खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गर्को थियो।

तपाइँको प्रतिक्रिया ।