बुढानिलकण्ठ नगरपालिकामा सांसद गगन कुमार थापा , कोरोना प्रकोपका वारेमा छलफल

बुढानिलकण्ठ नगरपालिकामा सांसद गगन कुमार थापा , कोरोना प्रकोपका वारेमा छलफल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २०।

काठमाण्डौ क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले बुढानिलकण्ठ नगरपालिकामा पुगेर कोरोना प्रकोप नियन्त्रण र रोकथामका वारेमा छलफल गरेका छन।

कोरोना प्रकोपको महामारी बढे संगै नगरपालिकामा यसका लागि गर्नुपर्ने तयारी र कामका वारेमा सांसद थापाले नगर प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई सहित अन्य सरोकारवाला कर्मचारीहरु संग छलफल गरेका थिए ।

सो छलफल पश्चात बुढानिलकण्ठ नगरपालिका वडा नम १० र १३ मा रहेका दुई वटा भवनमा स्वास्थ्य जनशक्ति सहितको आइसोलेसन केन्द्र संचालन गर्ने निर्णय गरिएको सांसद थापाले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।