नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

कपन अनलाइन 

काठमाडौं बैशाख २०।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। शर्माले सोमबार बिहान आफूलाई कोरोना संक्रमण भएको सामाजिक संजाल मार्फत  जानकारी दिएका हुन्।सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिँदै काठमाडौंस्थित डेरामै आइसोलेसनमा रहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताएका छन्  । ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ – सजग बनौं,’ उनले लेखेका छन्।ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी ललितपुरस्थित स्टार अस्पतालमा पुगेर स्वाब दिएको बताउँदै शर्माले भने, ‘आज बिहानिपख रिपोर्ट आयो, पोजेटिभ।’

तपाइँको प्रतिक्रिया ।