नेपाल टेलिभिजनमा कर्मचारी भर्नाको बिरोधमा प्रेश चौतारी

Nepal-Television

कपन अनलाइन\२५ पुस, २०७१

नेपाल टेलिभिजनमा प्रशिक्षार्थी भन्दै कर्मचारी भर्ना गर्न लागिएकोप्रति प्रेस चौतारीले आपत्ति प्रकट गरेको छ । प्रेस चौतारीले जारी गरेको विज्ञप्तिमा लिखित परीक्षा समेत नलिई त्यत्तिकै छनौट गर्न लागिएकोले शंका थपिएको बताएको छ । निष्पक्ष रुपमा लिखित परीक्षा लिएर छनौट गर्नुपर्ने ठाउँमा हचुवाका भरमा प्रशिक्षार्थी भन्दै कर्मचारी भर्ना गर्न गइरहेको प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै प्रेस चौतारीले लिखित परीक्षाका लागि जोडदार माग गरेको छ । शक्ति र सत्ताका आडमा गरिने यस्ता कार्यले सार्वजनिक संस्थानको गरिमामा धक्का पुग्ने भन्दै प्रेस चौतारीले तत्कालै निष्पक्ष रुपमा छनौट प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

 

विभिन्न सरकारी सञ्चारमाध्यममा कार्यरत कर्मचारीको आस्थाका आधारमा हटाउने प्रवृत्तिलाई तत्काल बन्द गर्नुपर्ने भन्दै विज्ञप्तिमा त्यसरी हटाइएका सञ्चारकर्मीलाई अबिलम्ब पुनर्वहाली गर्न समेत खबरदारी गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।