बुढानिलकण्ठ नगरपालिकामा २२ जना कोरोना संक्रमित थपिए,संक्रमित शंख्या २३० पुग्यो
कपन अनलाइन
काठमाडौं, बैशाख १९।
बुढानिलकण्ठ नगरपालिकामा निषेधाज्ञाको चौथो दिन आईतबार २२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार हाल सम्म नगरपालिका भित्र १०४ जना महिला र १२६ जना पुरष गरी कुल २३० जनामा संक्रमण देखिएको छ जसमा २२२ जना होम आईसोलेसनमा छन् भने ४ जना पुरुष र ३ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएका छन।
बैशाख १९ गतेको वडागत विवरणः
वडा नं १ : १ महिला र १ पुरुष
वडा नं २: १ पुरुष
वडा नं ३: १ पुरुष
वडा नं ५ : १ पुरुष
वडा नं ८ : १ महिला र ३ पुरुष
वडा नं ९ : ३ महिला र १ पुरुष
वडा नं १० : ५ महिला र ३ पुरुष
वडा नं १२: १ महिला ।
तपाइँको प्रतिक्रिया ।