फेरि आयो काेरोना : भारद्वाज मित्र (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १८ ।
फेरि आयो काेराेना
काेरासरि बाराैंन
बारम्बार हातमुख
सफा गर्ने गराैंन।
हाम्रा बाबुबाजेले
गर्थे प्रणाम नमस्कार
आदरसाथ सबैलाई
हात जाेडि बारम्बार ।
राेगब्याधि बढेछि
मरुमारु परेछि
नजिकमा पर्नेले
सदगति गर्नेले ।
चाेखाेनिताे गरेर
टाढै बस्थे तेह्रदिन्
सेनिटाइजर जसरी
छर्थे गहुँत् छिन् काे छिन् ।
खानेकुरा सकेसम्म
झाेलिलाे र रसिलाे
बालबृद्ध सबैलाई
खुवाउँ है पाेसिलाे ।
ताताेपानी, बेसारपानी
गुर्जाेपानी खाेजेर
पुर्खादेखि गरेकाे
जीवनबृत्ति राेजेर ।
नुहाउने ताताे पानी
बाफ लिने गरेर
भगाउँ याे महामारी
अनुशासित भएर ।
तपाइँको प्रतिक्रिया ।