Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/179043911_2821120101537044_4131444181826214159_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/180593498_175222177790563_7845270396637954403_n-e1619670193275.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अत्तरखेलको ओ पी डी सेवा बन्द

कपन अनलाइन

काठमाडौं बैशाख १६ । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अत्तरखेलले कलेजको शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा संचालन गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारि गरेको  छ। प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का क्षेत्रीले जारि गरेको उक्त सुचनामा विश्वभरि फैलदै गैरहेको नया भेरीयन्ट कोरोना भाइरस कोभिड १९को महामारीका फैलिदै गइरहेको र यसको संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा नेपाल सरकार बाट जारी सूचनाका आधारमा मिति २०७८ बैशाख १६ गते देखि लागु हुने गरि अर्को सुचना नभए सम्मका लागि नेपाल मेडिकल कलेज तथा अस्पताल सेवा संचालन गर्ने सम्बन्धमा निम्न व्यवस्था गर्ने निर्णय भएको हुँदा सोहि अनुसार गर्न गराउन अनुरोध गरिएको छ ।

१) कलेजका सम्पूर्ण शैक्षिक गतिबिधिहरु अर्को सुचना नभए सम्मका लागि स्थगित गरिएको हुँदा कलेज  तर्फका सम्पूर्ण कर्मचारीहरुलाई अर्को सुचना भए सम्मका आफ्नै संचित बिदा वा बेतलबी बिदामा बस्न सुचित गरिएको छ ।

२ )अस्पतालको ओ पी डी बाट प्रदान हुने सम्पूर्ण अस्पताल सेवा अर्को सुचना नभए सम्मको लागि स्थगित गरिएको हुदा  अस्पतालमा उपचारार्थ आउने बिरामीहरुलाई आकस्मिक बिभाग बाट सहज तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न गराउन सम्बन्धित विभागीय प्रमुखहरुलाई आवश्यक व्यवस्थापन मिलाउन समेत सुचित गरिएको छ।

३) अस्पताल सेवा सहज रुपमा संचालन गर्न गराउन सम्बन्धित विभागीय प्रमुख संग समन्वय राखी चिकित्सक तथा सम्पूर्ण कर्मचारीहरुलाई पालो मिलाएर डिउटी रोष्टर तयार गरि डिउटीमा खटाउने सम्बधमा पुन निर्णय लिई जानकारी गराइने उल्लेख गरिएको छ ।सो सुचना सार्वजनिक भए संगै नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी आधिकारिक ट्रेड युनियन ले त्यसको बिरोध गर्दै आज दश बजे भेला  भइ थप संघर्षको कार्यक्रम घोषणा गर्ने स्रोतले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।