३७७९ मत गन्दा देउवालाई १७९८, कोइरालालाई १४१३

३७७९ मत गन्दा देउवालाई १७९८, कोइरालालाई १४१३

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।

अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।

तपाइँको प्रतिक्रिया ।