२१ औ इन्द्र बहादुर स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२१ औ इन्द्र बहादुर स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

२१ औ इन्द्र बहादुर स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ गोल्फुटार बास्केटबल मैदानमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए।

नेकपा एमाले वडा नं ८ शाखा कमिटी र मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यहरु  बिदुर बिक्रम खड्का ,मिठाराम अधिकारी , नगर कमिटी अध्यक्ष  प्रदिप ङगोल,वडा अध्यक्ष  सुमन तामाङ ,नेपाल  खेलकुद महासङ केन्द्रिय उप महासचिव प्रदिप खत्री लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको अध्यक्षता शाखा कमिटीका अध्यक्ष बिनोद थापाले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।