१८ घण्टापछि भूकम्पको धक्का महशुस

१८ घण्टापछि भूकम्पको धक्का महशुस

काठमाडौँ, ६ जेष्ठ – बुधबार बिहान ११ बजेर १० मिनेटमा दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ।

मंगलबार बेलुकी पौने ५ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएपछि त्यसपछि ४ भन्दा माथिको पराकम्प गएको थिएन। झण्डै १८ घण्टापछि पराकम्प गएको हो।15052023index

काठमाडौंमा राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। आइतबार र सोमबार पनि तीन तीन वटा पराकम्प गएका छन्।

वैशाख १२ गते भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका अढाइसय वटा पराकम्प गएको छ। ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन विज्ञको आग्रह छ।

तपाइँको प्रतिक्रिया ।