Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/177919183_4139200152768737_6701083946981640966_n-e1619582266172.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा कोभिड १९ को रोकथाम विषयमा सरोकारवालाहरु संग छलफल

कपन अनलाइन 

काठमाडौं ,बैशाख १५।कागेश्वरी मनोहरा नगरपालिकाकामा  कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नगर प्रमुख थापाले सरोकारवालाहरुसंग छलफल  गरेका छन।  मंगलबार भएको उक्त  छलफलमा नगर प्रमुख थापा सहित नगर प्रवक्ता राजाराम पुडासैनी ,जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी लगायत नगरपालिकामा क्रियाशिल चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

 नगर  प्रमुख थापाले   मुलपानी नगर अस्पतालमा कोभिडको दोस्रो लहरको व्यवस्थापन, संक्रमित विरामीको उपचार गर्न व्यवस्थित जनशक्ति र स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा बैठकमा छलफल भएको जानकारी  दिएका छन  ।नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले कोभिड १९को व्यवस्थापन साथै नगरबासीलाई प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहका सम्बन्धमा छलफल भएको  जानकारी गराइन ।

तपाइँको प्रतिक्रिया ।