कागेश्वरी मनोहरा नगरपालिका ९ मा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुग्यो: वडा अध्यक्ष कुन्दन खड्का

कपन अनलाइन 

काठमाडौं बैशाख १५। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कुन्दन खड्काले    मिति २०७८/०१/१४ गते सम्म कागेश्वरी मनोहरा  नगरपालिका वडा नं.९ भित्र दोश्रो लहरको COVID सक्रमितको संख्या ६६ जना जना पुगेको जानकारी गराएका छन्  ।उनले ६६ जना मध्ये  चार जना निको भएको र हाल  सक्रिय संक्रमित संख्या ६२ जना रहेको जानकारी गराए ।

 उनले  दिनप्रतिदिन संक्रमितको संख्या  अप्रत्याशित रुपले  बढ्दै गइरहेकोले   सबै वडाबासिहरुलाइ  नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय  काठमाडौंले जारि गरेको आदेश र निर्देशन अनुसार अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र निस्कन परेमा स्वास्थ्य मापदण्ड अपनाएर मात्र  निस्कन अनुरोध गरेका छन। उनले  आफु पनि बाँचौ  र आफ्नो परिवार  सहित  समाजलाई बचाउन  समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।