काठमाण्डौका चार ठुला अस्पतालका प्रमुख संग उपप्रधानमन्त्री ईश्वर पोखरेलको अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५/मेनुका कार्की /गंगा महर्जन

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डौका चार ठुला अस्पतालका प्रमुखहरु संग अन्तरक्रिया गरेका छन।

काठमाण्डौ क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दीपक निरौलाको संयोजनमा भएको सो अन्तरक्रियामा गंगालाल रास्ट्रिय  हृदय रोग केन्द्र ,कान्ति वाल अस्पताल ,त्रि वी शिक्षण अस्पताल र नेपाल प्रहरी अस्पतालका प्रमुखहरुको सहभागिता रहेको थियो।

गंगालाल रास्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भएको सो अन्तरक्रियामा  कान्ति बाल अस्पतालका निर्देशक प्राध्यापक डा. आरपी बिछा ,नेपाल प्रहरी अस्पतालका प्रमुख एआइजि डा. आशा सिंह, त्रि वी शिक्षण अस्पतालका प्रमुख दिनेस काफ्ले र गंगालाल हृदय रोग केन्द्रका प्रमुख डा. चन्द्रमणि अधिकारीको सहभागिता रहेको थियो।

उपप्रधानमन्त्री पोखरेलको निर्वाचन क्षेत्र काठमाण्डौ -५  मा रहेका ति अस्पतालहरुको पूर्वाधार र क्षेत्र विस्तार तथा कोरोना प्रकोपमा निर्वाह गर्नुपर्ने भूमिकाका वारेमा गहन छलफल गरिएको सो अन्तरक्रियामा उपप्रधानमन्त्री पोखरेलले जनतालाई अधिकतम सहज वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निर्देशन दिएका थिए।

त्यस्तै सो अन्तरक्रियामा  अस्पतालका प्रमुखहरुले आफ्ना समस्या तथा भावी योजनाहरुका वारेमा जानकारी गराउदै कोभिड -१९ विरुद्ध लडन तयार रहेको बताएका थिए।

(मेनुका कार्की /गंगा महर्जन सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

 

 

तपाइँको प्रतिक्रिया ।