लामो समय ओखलढुंगाका नेताहरुको “सेल्फी स्पट” बनेको मान्द्रे पुल बन्यो
कपन अनलाइन
ओखलढुंगा,बैशाख १५।
लामो समय ओखलढुंगाका नेताहरुको “सेल्फी स्पट” बनेको मान्द्रे पुलको ढलान सम्पन्न भएको छ। ओखलढुंगा जिल्लाको ठुलो क्षेत्रलाई फाइदा पुर्याउने सो पुल निकै लामो समय देखि अलपत्र रहेको थियो।
निर्माण शुरु भएर अलपत्र रहेको सो पुल निर्माणको आशमा अपूर्ण संरचना हेरेर दुखित बन्दै बस्न बाध्य भएका स्थानीय जनताहरुलाई बेला बेलामा हुने नेताहरुको भ्रमण र फोटो सेसनले भने मनोरन्जन प्रदान गर्ने गरेको एक स्थानीय शिक्षकले बताएका छन।
जिल्लाका मन्त्रि ,सांसद ,राजनीतिक दलका नेता ,जिससका पदाधिकारी र सदस्य सहित धेरै राजनीतक दलका कार्यकर्ताहरुले पृष्ठभूमिमा राखेर फोटो खिचाएको मान्द्रे पुलको अर्ध संरचना अहिले ढलान भएर पुरा हुने अन्तिम चरणमा पुगेको छ।
पुल निर्माण भएपछी पनि अव एकपटक पुल निर्माणको जस लिने प्रतिस्पर्धा चल्ने एक स्थानीय समाजसेवी बाताउछ्न। पुल निर्माणले सवारी आवागमनमा निकै ठुलो सहयोग पुग्ने बताउदै उनले पूर्वाधार संगै राजनीतिक पर्यटन पनि हुने भन्दै व्यंग्य गरेका छन ।