साहित्यकार दामोदर पुडासैनी “किशोर” लाई लेखापरीक्षण विषयमा विद्यावारिधिको उपाधि

कपन अनलाइन
काठमाडौं, बैशाख १४।

नेपाल संस्कृत विश्वविद्यालयले दामोदर पुडासैनीको शोधप्रवन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि  उपाधि प्रदान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा.सञ्जयकुमार श्रेष्ठ पुडासैनीको शोध निर्देशक रहेका थिए  भने त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. भोजराज अर्याल र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. सुधनकुमार पौडेल पुडासैनीका शोध विशेषज्ञ रहेका थिए । त्यस्तै  वाहेक प्रा.डा. गणेश अधिकारी र डा. हरिदत्त पाण्डेय पुडासैनीका बाह्य परीक्षकको रुपमा रहेका थिए ।

लेखापरीक्षण विषयमा नेपालमा पहिलो विद्यावारि हाँसिल गरेका पुडासैनी लेखापरीक्षण क्षेत्रमै सैंतीस वर्ष सेवारत रहेर  नायब महालेखा परीक्षकको पदबाट गत जेष्ठ महिनामा सेवा निवृत्त भएका थिए।राष्ट्रसेवा संगै नेपाली साहित्यको क्षेत्रमा पनि निकै सक्रिय रहेका पुडासैनीका दर्जनौ पुस्तक प्रकासित रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।