बिहान र बेलुका खाद्यान्न सामाग्रीहरुका पसल/व्यवसाय खोल्न पाइने

कपन अनलाइन
काठमाडौं, बैशाख १४ ।

कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।

काठमान्डौका  प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेश अनुसार सो अवधिमा खाद्यान्न सामाग्रीहरुका पसल/व्यवसाय बिहान १०  बजेसम्म मात्रै खुल्ला गर्न पाइने छ । यस्तै बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न सामग्रीका पसलहरु खुला हुनेछन् ।

उक्त  आदेश अनुसार खाद्यान्न सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धित पसल व्यवसाय बाहेकका अन्य पसललाई बन्द हुनेछन् ।यस्तै डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र खुला गर्न भनिएको छ । डिपार्टमेन्टका ग्रोसरी कक्ष बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

तपाइँको प्रतिक्रिया ।