सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशी रहेनन्

कपन अनलाइन

काठमाडौं ,बैशाख १२।

शिक्षासेवी तथा  सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनको नर्भिक अस्पतालमा आज बिहान साढे आठ बजे निधन भएको हो। बाथरुममा चिप्लियर बेहोस् भएका उनको १३ दिनदेखि उपचार भइरहेको थियो।

५५ वर्षसम्म शिक्षण पेसामा बिताएका राजवंशी आनन्दकुटी विद्यापीठ र सिद्धार्थ वनस्थली स्कुलका संस्थापक  प्रधानाध्यापक रहेका थिए । नेपाल भाषा, नेपाली र अंग्रेजीमा कलम चलाउने उनका तीन दर्जनभन्दा पुस्तक प्रकाशित छन्। उनले नेपाल भाषामा १५ वटा, नेपालीमा सात र अंग्रेजीमा पाँच वटा किताब लेखेका छन्। काठमाडौंको वटुमा १९९२ जन्मिएका राजवंशी  शिक्षक, समाजसेवी, राजनीतिकर्मी र लेखकका रूपमा परिचित छन्।

तपाइँको प्रतिक्रिया ।