नेकपा माओवादी केन्द्र ओखलढुंगा – काठमाण्डौ सम्पर्क कमिटी गठन ,अध्यक्षमा राम कुमार पौडेल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ओखलढुंगा-काठमाडौं सम्पर्क समिति भेला  सम्पन्न भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडा   काठमाण्डौमा भएको उक्त भेलाले राम कुमार पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य तथा सम्पर्क समन्वय समितीका  सह इन्चार्ज क.डिल्ली राज आचार्यको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य  तथा १ प्रदेश सम्पर्क समन्वय समिती सचिव ध्रुव आङ्दाम्वे ,प्रदेश कमिटी सदस्य द्वय अनिल योगि र चम्पा कार्की “आशा” को  उपस्थितिमा भएको  सो भेलाले प्रदेस क्षेत्रीय संयोजक पनि चयन गरेको थियो।

सो भेलाले कमिटीको  उपाध्यक्षमा भोलेन्द्र कुमार बानियाँ, सचिवमा लोकेन्द्र जेरो किराँती,कोषाध्यक्षमा उर्मिला बस्नेत र सहसचिवमा कुल बहादुर मगर लाई चयन गरेको छ भने  क्षेत्र क संयोजकमा मनोज खतिवडा र निर्वाचन क्षेत्र ख संयोजकमा बिष्णु गिरी चयन भएका छन ।

तपाइँको प्रतिक्रिया ।