विप्लव माओवादीको राष्ट्रिय सम्मेलनमा एकीकृत क्रान्तिको दस्तावेजबारे छलफल हुने

विप्लव माओवादीको राष्ट्रिय सम्मेलनमा एकीकृत क्रान्तिको दस्तावेजबारे छलफल हुने

कपन अनलाइन\पुस २४, २०७१

नव गठित नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा संयोजक नत्रेविक्रम चन्दले पेश गर्ने भनिएको एकीकृत क्रान्तिको दस्तावेजमाथि छलफल हुने भएको छ ।

NETRA-BIKRAM-CHAND-BIPLOV_20141126062555_20141126070716

बुधबार दाङको तुलसीपुरमा सुरु भएको सम्मेलनमा ५ सयको हाराहारीमा प्रतिनिधी, ६ सयको हाराहारीमा कार्यकर्ता र पर्यवेक्षक रहने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ । तुलसीपुरको ओम चलचित्र मन्दिरमा भइरहेको सम्मेलनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्व चयनको विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ । रोल्पाको बुढागाउँमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन मौसमलगायतका कारणले दाङमा सारिएको थियो ।

तपाइँको प्रतिक्रिया ।