प्राध्यापक र विद्यार्थीकै कारण सेमेष्टर प्रणाली अन्यौलमा

कपन अनलाइन\पुस २४, २०७१

पहिलो तथा सबै विद्यार्थीहरूको पहुँचमा रहेको देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याउन खोजेको सेमेष्टर प्रणालीमा विवाद बढ्दै गएको छ ।

2010-02-14__ed01

एक वर्षअघि त्रिभुवन विश्वविद्यालयलले केन्द्रीय विभागमा स्नातकोत्तर तहका सबै विषयहरूमा सेमेष्टर प्रणाली परीक्षणस्वरुप लागू गरेको थियो । एक सेमेष्टरको पढाइ समाप्त भएसँगै यो वर्ष उपत्यकाभित्रका सबै आंगिक क्याम्पसहरूमा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन गर्ने निर्णय भएसँगै विवाद बढ्दै गएको छ ।
अल्छी प्राध्यापक र कक्षा नलिई सर्टिफिकेट लिन बानी परेका दलसम्बद्ध विद्यार्थीहरूका कारण सेमेष्टर प्रणाली विवादित बनेको त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले बताए । नियमित कक्षा, आन्तरिक परीक्षा, नयाँ पाठ्यक्रम, अन्तर्मुखी कक्षाका लागि प्राध्यापकले धेरै मिहेनत गर्नुपर्ने हुँदा कक्षा खासै नलिई दिन काट्ने बानी भएका प्राध्यापक अप्ठ्यारोमा परेका छन् भने राजनीतिक दलका भातृ संगठनमा लागेर कक्षा नै नलिई सर्टिफिकेट हातमा पार्ने विद्यार्थीलाई पनि सेमेष्टर प्रणाली बाधक बनेको छ ।

त्रिविले भने सेमेष्टर प्रणाली विश्वव्यापी रुपमा मान्यताप्राप्त विधी हो जसले गर्दा शिक्षामा एकरुपतमा ल्याउन सहज हुने बताउँदै आएको छ । सेमेष्टर प्रणाली लागू नगरिए नेपालको शिक्षा अरू देशको भन्दा भिन्न एवं अलग हुने भन्दै त्रिभुवन विश्वविद्यालयले सेमेष्टर प्रणाली सुरु गर्ने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।