कोरोना विद्वान छ : मन्जुश्री केसी प्रधान रानु (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

कोरोना न खोलामा जान्छ
न जंगलमा जान्छ
न खेतमा जान्छ
न रेडियो, टेलीभिजनमा जान्छ
कोरोना समझदार छ
पढे लेखेको विद्वान,
राजनितिज्ञ छ
यो सिर्फ घर–घरमा जान्छ
भगवान् सम्झी बस्ने
हजुरआमा–हजुरबाकोमा जान्छ
आमा–बाबाकोमा जान्छ
स्कूल कलेजमा जान्छ
साना–साना नानीमा जान्छ
अड्डा अदालत जान्छ
कोरोना विद्वान छ
पढे लेखेको छ
बलियो छ
पहलमान छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।