Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/176597345_136896505072125_4057102668412162514_n-e1619095977244.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पृथ्वी दिवसको दिन कपन जोरधारामा ७ संस्थाका सात विरुवा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

पृथ्वी दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कपन जोरधारा खानेपानी संरक्षण संस्था क्षेत्रमा ७ वटा संस्थाले सात  विरुवा रोपेका छन।

जन्मदिनमा एक विरुवा अभियान चलाइरहेको सामिनको संयोजनमा भएको वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,नेपाल प्रहरी प्रभाग कपन,कपन बहुमुखी क्याम्पस,नवजागृति मावी ,कपन जोरधारा खानेपानी संरक्षण संस्था , नमुना साकोस,सजिलो मिस्त्री,चखुंचा युवा समुह लगायतका संस्थाहरुले वृक्षारोपण गरेका थिए।

सो कार्यक्रममा वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,कपन जोरधारा खानेपानी संरक्षण संस्थाका पुर्व अध्यक्ष धुर्वराज न्यौपाने , कपन  क्याम्पस प्रमुख भुमिदत्त पौडेल,नवजागृति मावीका प्रधानाध्यापक डम्बर राई,समाजसेवी माधव लाल श्रेष्ठ  ,नमुना साकोसका नकुल कुइकेल ,सजिलो मिश्त्रीका विवेक अधीकारी,चखुंचा युवा समुहका सुरज चालिसे र संयोजक संस्था  सामिनका उपाध्यक्ष बिबेक लामिछाने  र सचिव सुबिन चालिसे सहित नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।