ईन्द्रावती अध्यक्ष कप दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नं. ५ लाई उपाधि

कपन अनलाइन

सिन्धुपाल्चोक ,बैशाख १०/विशाल आचार्य

ईन्द्रावती अध्यक्ष कप दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नं. ५ विजयी भएको छ । वडा नं. ३ लाई २–१ ले हराउँदै ५ नं. वडाले उपाधि जितेको हो । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख प्राप्त गरेका छन् भने दोश्रो हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन।

समापन कार्यक्रमका  प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्म छिरिङ शेर्पाले ईन्द्रावति गाउँपालिकाले फुटबललाई प्रवर्धन  गर्ने कार्य गरेकामा खुशी व्यक्त गर्दै राष्ट्रिय तहबाट पनि सहयोग गर्ने बताएका थिए  ।

त्यस्तै  गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले अनुशासित र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेकाले पालिकाले खेल प्रशिक्षक राख्ने व्यवस्था मिलाउने बताए  ।

समापन कार्यक्रममा लोक गायक बल बहादुर वाईबा, सरोज लामिछाने,सीमा भण्डारी लगायतका कलाकारहरुले सांगितिक मनोरञ्जन प्रस्तुत गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।