Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/175927228_1888341044674857_2693227500670712583_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/174841750_1888340974674864_6584607090821695675_n-e1619065997995.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/174645587_1888341011341527_1153900436718128906_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ९ द्वारा भगवती युवा क्लबलाई ब्यायाम सामग्री प्रदान

कपन अनलाइन

काठमाडौं, बैशाख ९। शरीर स्वस्थ राख्नका निम्ति नियमित व्यायाम गर्नुपर्छ जसले शरीरको अङ्गलाई मजबुत बनाउनुका साथै रोगसँग लड्न शक्ति प्रदान गर्छ।यसैलाई ध्यानमा राखेर गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले भगवती युवा क्लबलाइ  शारीरिक ब्यायाम सामग्री प्रदान गरेको छ  । सोमबार  आरुवारी युवा उपभोक्ता समितिको आयोजना उक्त सामग्री हस्तान्तरण गरिएको हो  ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सभाहलमा   भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा वडा सदस्य  तथा  न्यायिक समिति सदस्य  सत्यभामा श्रेष्ठ लगायत भगवती युवा क्लबका अध्यक्ष संजय बिक लगायत आरुवारी युवा उपभोक्ता समितिका पदाधिकारीको रुपस्थिति रहेको थियो  । कार्यक्रमको अध्यक्षता आरुवारी युवा उपभोक्ता समितिका अध्यक्ष  सरोज थापाले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा सदस्य  तथा  न्यायिक समिति सदस्य  सत्यभामा श्रेष्ठ लगायतले व्यायाम सामग्री भगवती युवा क्लबका अध्यक्ष संजय बिक लाइ हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले  खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम आवश्यक रहेकोले प्रदान गरिएको सामग्री बाट लाभ लिन अनुरोध गर्दै सो सामग्रीको संरक्षण समेत गर्न अनुरोध गरेका थिए। समान हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि को रुपमा बोल्दै नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले   बजारमा घरभित्र रहेका व्यायामशालामा शुल्क लाग्ने र सर्वसाधरणको पहुँचमा नपुग्ने भन्दै नगरवासी तथा सर्वसाधरणका लागि सो सामग्री उपयोगी हुने बिश्वास ब्यक्त गरेका थिए । नगरपालिकाले त्यसैलाई मध्यनजर गर्दै बिभिन्न स्थानमा खुल्ला व्यायामशाला समेत निर्माण गर्दै आएको जानकारी गराएका थिए।

कार्यक्रममा भगवती युवा क्लबका अध्यक्ष संजय बिकले आयोजकलाइ धन्यवाद दिदै ब्यायाम सामग्रीको उचित सदुपयोग गरिने बिश्वास ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै आरुवारी युवा उपभोक्ता समितिका अध्यक्ष  सरोज थापाले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।