‘युरोप पठाइदिन्छु’ भनेर ठगी गर्ने पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

‘युरोप पठाइदिन्छु’ भनेर ठगी गर्ने चितवन राप्ती नगरपालिका–३ घर भएका भरतप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३६ वर्षीय राईलाई काठमाडौँबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने राईले पोर्चुगल, लाटभिया र युक्रेन पठाइदिन्छु भनेर १९ लाख ४७ हजार ठगेको अपराध महाशाखाले जनाएको छ ।

सोह्रखुट्टेमा ग्रान्डी ग्लोव होलिडेज प्रालि नामक कन्सल्टेन्सी चलाउने राईले ठगेको भन्दै तेह्रथुम फेदाप गाउँपालिका घर भएका सागर लिम्बुसहित ६ जनाले प्रहरीमा उजुर गरेका छन् । भिजिट भिसामा युरोप पठाउने लोभ देखाएर उनले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

तपाइँको प्रतिक्रिया ।